एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई निवेदन « Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई निवेदन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिइएको छ ।

काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

चार जिल्ला फुटबल संघले एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसँग शेर्पालाई कारबाही गर्न माग गरेका हुन् ।

शेर्पाको नेतृत्वमा विभिन्न किसिमको अनियमितता र त्रुटिपूर्ण काम भएको भन्दै कारबाही गर्न माग गदै प्रधानमन्त्री कार्यालयमा निवदन दर्ता गराएका हुन् ।

एन्फाको वर्तमान नेतृत्वबिरुद्ध असन्तुष्ट चार जिल्ला फुटबल संघले निरन्तर विरोध गर्दै आएका छन् । यसअघि चारै जिल्ला फुटबल संघले एन्फामा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै अख्तियार सहितका निकायमा उजुरी दिएका थिए ।

तर आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदन हेर्नुहोस्

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ३ : २९ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष