नेपालमा कोरोनासँगै डेंगुको संक्रमण पनि बढ्दै « Khabarhub

नेपालमा कोरोनासँगै डेंगुको संक्रमण पनि बढ्दै


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोराना संक्रमितको संख्या बढिरहेको समयमा अन्य सरुवा रोगको संक्रमण पनि थपिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले अन्य सरुवा रोगको संक्रमण पनि देखिन थालेको बताएका हुन् ।

डा पाण्डेले कोरोना संक्रमणसँगै नेपालमा डेंगु रोगको संक्रमण पनि देखिन थालेको बताए । डा पाण्डेका अनुसार पुस यता हालसम्म ८२ जनामा डेंगु रोग देखिएको छ ।

डा पाण्डेका अनुसार देशभरका २६ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । जसमध्ये रुपन्देहीमा ३५, म्याग्दीमा १२, मकवनापुर, गोरखा र तनहुमा एक-एक जनामा संक्रमण भएको छ ।

यस्तै कास्कीमा १० जना , काठमाडौंमा ७ जना नवलपरासीमा एक जना, बाग्लुङमा २ जना ललितपुरमा २ जना,सुनसरीमा ४ जा पाल्पामा एक जना, नवलपरासी पश्चिममा एक जना, मोरङमा ३ जना, कपिलवस्तुमा ३ जना तेह्रथुममा २ जना बाँकेमा एक जना, डडेल्धुरामा एक जना, दाङमा एक जना र झापामा एकजना, उदयपुरमा एकजना, नुवाकोटमा दुइ जना, कैलालीमा २ जना धनकुटामा २ जना रामेछापमा १ र धादिङमा २ जनामा डेंगु रोग देखिएको छ ।

गत वर्ष नेपालमा१६ हजार जनामा डेंगुको संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : २९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र