बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने « Khabarhub

बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणको लक्षण नभएका तथा बिरामी नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पतालमा भर्ना नगर्ने बताएका हुन् ।

डा देवकोटका अनुसार अबदेखि कोरोना संक्रमितहरुलाई लक्षण भएको र नभएको आधारमा छुट्टाइने छ । कोरोनाको लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने डा देवकोटाले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको हो ।

‘संक्रमितहरुको संख्या बढेसँगै अब हामीले संक्रमित र बिरामी भनेर छुट्याउनुपर्ने हुन्छ,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमितहरु जो लक्षण छैन, उनीहरुलाई अस्पतालमा नराख्ने र लक्षण देखिएका बिरामी भएका संक्रमितलाई मात्र अस्पतालमा राखिनेछ ।’

उनले संक्रमितको संख्या बढ्दै जाँदा लक्षण नदेखिएका संक्रमितहरु घरमै क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था समेत आउन सक्ने बताए ।

डा देवकोटाले मापदण्ड पुगेका क्वारेन्टाइनलाई नै आइसोलेसनमा विकास गर्ने तयारी पनि भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ५७ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र