दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङमा सोमबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार दाङको रामपुर क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ७ जना पुरुष, एक जना बालिका र एक जना महिला छन् ।

नयाँ थपिएका संक्रमितहरु घोराही उपमहानगर पालिका १ का ३० वर्षका पुरुष र ११ वर्षीया बालिका रहेकी छन् ।

यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर २ का १९ वर्षीया महिला, २६, ४०, ४५ र ४६ वर्षका पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’