विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार (फोटो फिचर) « Khabarhub

विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार (फोटो फिचर)


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार भएको छ । त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको हो ।

अब विमानस्थलमा यात्रुबीच कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । नयाँ संरचनाले कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम गराउने छ ।

यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ । अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ ।

अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेको उनले बताए ।

यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको काम समेत गरिएको थियो । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ । यसका लागि अब विमानस्थल तयार भएको केसीले बताए ।

 

 

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ३२ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै