गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सिडियोको सरुवा, को कहाँ ? « Khabarhub

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सिडियोको सरुवा, को कहाँ ?


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)लगायत कर्मचारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, सिडियो र सहायक सिडियो गरी ४४ कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको हो ।

मन्त्रालयले सोमबार जारी गरेको सार्वजनिक सूचनाअनुसार सुर्खेतका सिडियो रमेश न्यौपानेलाई पाल्पाको सिडियोमा सरुवा गरिएको छ ।

पाल्पाका सिडियो यादव सुवेदीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ । गृहका हिरालाल रेग्मीलाई भने सुर्खेतको सिडियोमा सरुवा गरिएको छ ।

यस्तै महोत्तरीका सिडियो सूर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चन्दौटा, काठमाडौँका सहायक सिडियो कृष्णबहादुर कटुवाललाई महोत्तरीको सिडियो, इलाका प्रशासन कार्यालय फर्पिङका चन्द्रप्रसाद गैरेलाई कालीकोटको सिडियो बनाएर सरुवा गरिएको छ ।

कालिकोटका सिडियो कृष्णचन्द्र पौडेललाई भने इलाका प्रशासन कार्यालय लेखनाथ कास्की पठाइएको छ । डोटीका सिडियो टेकनारायण पौडेललाई अध्यागमन विभाग, उदयपुरका सहायक सिडियो भीमप्रसाद भट्टराईलाई डोटीको सिडियोमा पठाइएको छ । बर्दियाका सिडियो प्रेम लामिछानेलाई गृह मन्त्रालय ल्याइएको छ । दार्चुलाका सिडियो यदुनाथ पौडेललाई धुनुषाको सहायक सिडियो, धनुषाका सहायक सिडियो शरदकुमार पोखरेललाई दार्चुलाको सिडियोमा पठाइएको छ । ओखलढुङ्गाका सिडियो गणेश आचार्यलाई डिल्लीबजार कारागार कार्यालय र गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेललाई ओखलढुङ्गाको सिडियो बनाएर पठाइएको छ ।

यसैगरी, सङ्खुवासभाका सिडियो जीवन दुलाललाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौँका सहायक सिडियो जीवन आचार्यलाई भने सङ्खुवासभाको सिडियोमा पठाइएको छ । गृहका नरेन्द्रकुमार रानालाई रोल्पाको सिडियो, सुनसरीका सहायक सिडियो चिरञ्जीवी गिरीलाई हुम्लाको सिडियो र हुम्लाको सिडियो विनिता भट्टराईलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पठाइएको छ ।

बझाङका सिडियो उमेश पाण्डेलाई झापाको सहायक सिडियो, इलाका प्रशासन कार्यालय लहानका कमलराज भण्डारीलाई बझाङको सिडियो, झापाका सहायक सिडियो जयकुमार घिमिरेलाई सप्तरीको सिडियो, सुनसरीका सहायक सिडियो डा कृष्णबहादुर घिमिरेलाई इलाका प्रशासन कार्यालय लहान, चन्दौटाका शङ्करबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय टिकापुर पठाइएको छ । टिकापुरका हिरालाल चौधरीलाई कैलालीको सहायक सिडियोमा र बैतडीका सिडियो आनन्द पौडेललाई इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ३९ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ