क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु « Khabarhub

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गर्दा बाटोमै बेहोस भएका थिए ।

कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्‍याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ४७ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुरकै

राष्ट्रको हितमा निःस्वार्थ सक्रिय हुने प्रेरणा मिलोस् : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज र

फोटो खिच्ने क्रममा चिप्लिँदा पोखरीमा खसेका एक जनाको मृत्यु

पाल्पा – ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा परेपछि

शहीदका सपना अधुरै छन्

देशले हरेक वर्ष माघ दोस्रो सातालाई शहीदको सम्मान गर्दै शहीद

पर्यटकीय नगरी बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड’ हटाइँदै

दमौली – तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा