शीर्ष स्थानमा उक्लिनबाट चुक्यो बार्सिलोना « Khabarhub

शीर्ष स्थानमा उक्लिनबाट चुक्यो बार्सिलोना


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनालाई धक्का लागेको छ । बुधबार बिहान भएको एट्लेटिको मड्रिडसँगको खेलमा २–२ बराबरी खेल्दै अंक बाडेको बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ ।

लगातार दोस्रो खेलमा अंक बाडेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि परेको छ । एट्लेटिकोसँगको खेलमा बार्सिलोनाले निकै कमजोर खेल पस्किँदा बराबरीमा सीमित हुनुपरेको हो ।

बार्सिलोनाले ७० अंक पुर्‍याएको छ । शीर्ष स्थानमा रहेको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ ।

जसमा विपक्षी टोली एट्लेटिकोले बार्सिलोनाविरुद्ध गरेका दुवै गोल पेनाल्टीबाट गरेको हो ।

खेलको ११ औं मिनेटमा एट्लेटिकोका डियागो कोस्टाको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, बार्सिलोनाका खेलाडीले फाउल गरेपछि एट्लेटिकोले १९औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सउल निगुइजले गोलमा परिणत गर्दै खेल १–१ गोल बराबरी पुर्‍याएका थिए ।

पहिलो हाफ १–१ गोल बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा एट्लेटिकोका खेलाडीले फाउल गर्दा बार्सिलोनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो ।

बार्सिलोना २–१ गोलले अघि रहेको अवस्थामा पुन बार्सिलोनाका खेलाडी एट्लेटिकोका खेलाडीमाथि फाउल गर्न पुग्दा एट्लेटिकोले दोस्रो पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका निगुइजले खेल २–२ गोल बराबरीमा पुर्‍याएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : १२ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र