शीर्ष स्थानमा उक्लिनबाट चुक्यो बार्सिलोना | Khabarhub Khabarhub

शीर्ष स्थानमा उक्लिनबाट चुक्यो बार्सिलोना


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनालाई धक्का लागेको छ । बुधबार बिहान भएको एट्लेटिको मड्रिडसँगको खेलमा २–२ बराबरी खेल्दै अंक बाडेको बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ ।

लगातार दोस्रो खेलमा अंक बाडेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि परेको छ । एट्लेटिकोसँगको खेलमा बार्सिलोनाले निकै कमजोर खेल पस्किँदा बराबरीमा सीमित हुनुपरेको हो ।

बार्सिलोनाले ७० अंक पुर्‍याएको छ । शीर्ष स्थानमा रहेको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ ।

जसमा विपक्षी टोली एट्लेटिकोले बार्सिलोनाविरुद्ध गरेका दुवै गोल पेनाल्टीबाट गरेको हो ।

खेलको ११ औं मिनेटमा एट्लेटिकोका डियागो कोस्टाको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, बार्सिलोनाका खेलाडीले फाउल गरेपछि एट्लेटिकोले १९औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सउल निगुइजले गोलमा परिणत गर्दै खेल १–१ गोल बराबरी पुर्‍याएका थिए ।

पहिलो हाफ १–१ गोल बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा एट्लेटिकोका खेलाडीले फाउल गर्दा बार्सिलोनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो ।

बार्सिलोना २–१ गोलले अघि रहेको अवस्थामा पुन बार्सिलोनाका खेलाडी एट्लेटिकोका खेलाडीमाथि फाउल गर्न पुग्दा एट्लेटिकोले दोस्रो पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका निगुइजले खेल २–२ गोल बराबरीमा पुर्‍याएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : १२ बजे

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे

विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौं– विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको