७ सय गोल क्लबमा प्रवेश गरे मेस्सी, बने सर्वाधिक गोल गर्ने सातौं खेलाडी « Khabarhub

७ सय गोल क्लबमा प्रवेश गरे मेस्सी, बने सर्वाधिक गोल गर्ने सातौं खेलाडी


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल जीवनमा ७ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान क्याम्प नाउमा भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध खेलको ५० औं मिनेटमा गोल गर्दै सात सय गोलको कोसेढुङ्गा पार गरेका हुन् ।

उनले पेनाल्टीमार्फत ७ सयौं गोल पूरा गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७ सय गोल पूरा गर्नुलाई नयाँ कोसेढुंगाका रुपमा व्याख्या गरेका छन् । उनले ६ सय गोल पुरा गरेको १४ महिनामै ७ सय गोल पूरा गरेका हुन् ।

रेकर्डडटस्पोट्सडटसोकर स्टाटिस्टिक फाउण्डेसनका अनुसार मेस्सी ७ सय गोल पुरा गर्ने सातौं खेलाडीसमेत बनेका छन् ।

सात सय गोल पूरा गर्नेमध्ये मेस्सी र क्रिस्टियानो रोनाल्डो वर्तमान खेलाडी हुन् । जसमा मेस्सीभन्दा २६ गोल बढी गर्दै रोनाल्डो छैटौं स्थानमा छन् ।

विश्वमा सय गर्ने पहिलो खेलाडी हुन्, चेक–अस्ट्रियन जोसेफ बिकान । उनले सन् १९३१ देखि १९५५ सम्म को आफ्नो खेल करियरमा ८ सय ५ गोल गरेका थिए ।

दोस्रो खेलाडी हुन् ब्राजिलका रोमारियो । उनले सन् १९८५ देखि २००७ सम्म खेल्दै ७ सय ७२ गोल गरेका थिए ।

सात सय गोल पुरा गर्ने तेस्रो खेलाडी हुन् ब्राजिलका लिजेन्ड पेले । उनले सन् १९५७ देखि १९७७सम्मको आफ्नो खेल करियरमा ७ सय ६७ गोल गरेका थिए ।

हङ्गेरीका फेरेन्स पुसकास सात सय गोल पूरा गर्ने चौथो खेलाडी हुन् । उनले सन् १९४३ देखि १९६६ सम्मको खेल करियरमा ७ सय ४६ गोल गरेका थिए ।

यस्तै, जर्मनीका गेर्ड मुलर सात सय गोल पुरा गर्ने पाँचौ खेलाडी हुन् । उनले सन् १९६२ देखि १९८१ सम्मको खेल करियरमा सात सय ३५ गोल गरेका थिए ।

७ सय गोल पूरा गर्ने छैटौं खेलाडी हुन् युभेन्ट्सका क्रिस्टीयानो रोनाल्डो । उनले २००२ देखि हालसम्म ७ सय २६ गोल गरिसकेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ५७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने