घुस अभियोगमा इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ « Khabarhub

घुस अभियोगमा इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनीयर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनीयर वीरेन्द्र चन्दले रु दुई लाख ४१ हजार १६ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो ।

आयोगले प्रमुख इञ्जिनीयर मल्लको आवासबाट उक्त रकम बरामद गरेको हो । उनीहरुसँग आयोगले अनुसन्धानका लागि सबइञ्जिनीयर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई समेत मङ्गलबार पक्राउ गरेको हो । अनुसन्धान कार्य जारी रहेकाले उनीहरुलाई आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : २२ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने