चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दूवादीद्वारा विरोध प्रदर्शन « Khabarhub

चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै हिन्दूवादीद्वारा विरोध प्रदर्शन


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै वीरगञ्जमा प्रदर्शन गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाडौंमा बुधबार प्रदर्शन गरिएको हो ।

अभियानकर्ताहरु वीरगञ्जको घण्टाघर चोकमा भेला भई परराष्ट्रमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन उत्रिएका थिए ।

विरोध प्रदर्शनमा सहभागी युवाहरुले ‘भ्रष्टचारी सरकार मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, चिनियाँ विस्तारबाद मुर्दावाद, चीनले अतिक्रमण गरेको जग्गा फिर्ता गर, परराष्ट्रमन्त्री राजीनामा दे, लगायत सरकारविरोधी नाराजुलुस लगाएका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजक यादवले नेपाल-चीन सीमाबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको  भन्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता विरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पुर्‍याउने काम गरेको समेत उनले आरोप लगाए ।

‘भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भन्दै आक्रमक रुपमा विरोध गर्ने तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा हामी किन यति उदारवाद बन्ने ? ,’ उनले भने, ‘के हामीले चीनको गुलामी गरेका हौं, होइन भने चीनले अतिक्रमण गरेको रुई गाउँ पुरै फिर्ता गर्नुपर्छ ।’

उनीहरुले रुई गाउँलाई नेपालको नक्सामा समावेश गरी नयाँ नक्सा प्रकाशित गर्न समेत माग राखेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ४३ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को