बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा « Khabarhub

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदान हुँदैछ । विभिन्न विवादका कारण यस क्षेत्रमा यसअघि प्रतिनिधि चयन हुन सकेको थिएन ।

क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरसहितका नेताहरू प्रतिस्पर्धामा छन् । राठोरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सभापति पदका अर्का आकांक्षी गगन थापासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका राठोर भने आफ्नै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेकाले अहिले मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।

राठोरका अनुसार बर्दिया–२ मा आज महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुँदैछ । प्रतिनिधिका लागि राठोरसँगै गोपाल दहितलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेसको महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दिन सम्बन्धित तहबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ । तर बर्दिया–२ मा प्रतिनिधि चयन प्रक्रिया ढिलो हुँदा सभापतिका आकांक्षी राठोरसमेत आफ्नै निर्वाचन क्षेत्रको प्रक्रियामै अल्झिएका हुन् ।

विभिन्न विवादका कारण बर्दिया–२ मा यसअघि महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन हुन सकेको थिएन । प्रतिनिधि चयनपछि मात्रै राठोरलाई सभापति पदमा उम्मेदवारी दिने बाटो खुल्नेछ ।

राठोर नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री हुन् भने नेपाल विद्यार्थी संगठनका पूर्व अध्यक्ष हुन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : २१ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास