विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको « Khabarhub

विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख २० हजार ५५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३२८ छ । कुल संक्रमितका आधारमा निको हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ४४ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार १९२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३१९ जनाको मृत्यु भएको छ । २८ लाख ७१ हजार ८९० जना संक्रमित भएकोमा १७ लाख २९ हजार ७० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ५६५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख १५ हजार ३२१ पुगेको छ । त्यसमध्ये २८ लाख ४२ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९६ हजार ७१८ जनाको मृत्यु भएको छ । ४२ लाख ९४ हजार ७०१ जना संक्रमित भएकोमा ३१ लाख ६७ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४३ हजार ६२७ जनाको मृत्यु भएको छ । ४१ लाख ११ हजार ९०७ जना संक्रमित भएकोमा २८ लाख १६ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ७२६ जनाको ज्यान गएको छ भने ९ लाख ३१ हजार ७६४ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ८३ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२२ जनाको मृत्यु भएको छ । १८ हजार ६४८ जना संक्रमित भएकोमा ११ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : २५ बजे

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका