पर्सामा सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।

पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए  ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,’ सांसद यादवले फेसबुकमा लेखेका छन् ।

कोरोना नियन्त्रणका लागि सीमामा आवतजावतमा रोक लगाउन पर्ने तथा वीरगञ्ज क्षेत्रमा ५ सय शैय्याको अस्पताल निर्माण गर्नुपर्ने उनले माग गरेका छन् ।

सुरक्षित रुपमा बस्न, विना मस्क घरबाट बाहिर ननिस्कन र सामाजिक दूरी कायम राख्न सबैमा आग्रह गर्दै आफू कोरोना मुक्त भएर जनाताको सेवामा चाडै फर्किने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : २१ बजे

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली