भारतमा कोरोना संक्रमित बढ्दै, एकैदिन ६० हजार थपिए « Khabarhub

भारतमा कोरोना संक्रमित बढ्दै, एकैदिन ६० हजार थपिए


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ।

यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ।

भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : ३५ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी