गण्डकी प्रदेशमा १० पक्की मोटरेवल पुल निर्माण « Khabarhub

गण्डकी प्रदेशमा १० पक्की मोटरेवल पुल निर्माण


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कास्की र स्याङ्जामा १० पक्की मोटरेवल पुल निर्माण गरेको छ । स्याङ्जामा छ र कास्कीमा चार गरी उक्त पक्की मोटरेवल पुल गत एक वर्षमा बनाइएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयबाट कोभिड–१९ को चुनौती र बन्दाबन्दीको प्रतिकूल अवस्थामा समेत समयमै पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर शोभियत खड्काले जानकारी दिए ।

गत वर्ष निर्माण पूरा भएका पुलमा स्याङ्जाको बिरुवा गाउँपालिकाको आम्बोटमा रु एक करोड ७६ लाख ३० हजार ५२८ लागतमा २५ मिटर लामो ‘स्पान’ पुल निर्माण गरिएको छ । गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको सो पुल विसं २०७७ असार २२ गते तोकिएको समयभित्र नै निर्माण सम्पन्न भएको हो ।

स्याङ्जामै अर्मादी खोला पुलसमेत एक आर्थिक वर्षमै तोकिएको समय भित्रमा निर्माण सम्पन्न भएको छ । रु एक करोड २७ लाख ५० हजार लागतमा जिएसआर राङखोला जेभीले १२ मिटर स्पान पुल निर्माण गरेको हो । फेदीखोला गाउँपालिकामा फेदीखोला पुल रु दुई करोड ९१ लख ८५ हजार लागतमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न गरिएको छ । २५ मिटर लामो पुल शान्ति निर्माण सेवाले काम गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।

पुतलीबजार नगरपालिकास्थित भुवानीखोला पुल रु एक करोड छ लाख लागतमा निर्माण कार्य पूरा भएको छ । विवेक एन्ड कुँवर जेभीसँग ठेक्का सम्झौता गरिएको सो पुल निर्माणका लाग विसं २०७६ जेठ ८ मा सम्झौता भएको थियो ।

त्यसैगरी भिरकोट नगरपालिकामा लुब्दीखोलामा रु दुई करोड १५ लाख २१ हजार लागतमा गत वर्ष असार २९ गते शुरु गरिएकामा सो पुलसमेत सोही आर्थिक वर्षमा निर्माण सकिएको बताइन्छ । सो पुल २१ मिटर लामो छ । स्याङ्जाकै आँधीखोला गाउँपालिकामा बाँस्कोटखोला पुल रु एक करोड १८ लाख ६० हजार लागतमा तयार गरिएको छ । ११ मिटर लामो स्पान पुल निर्माण गत वर्ष असार २ गते काम शुरु भएको थियो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकास्थित फुस्रेखोला चिसापानी पुल रु तीन करोड ९८ लाख ४९ हजार लागतमा निर्माण सम्पन भएको छ । ३८ मिटर लामो पुल निर्माणको जिम्मा श्री गीता/सिम्रन जेभीले लिएको थियो । पोखरा महानगरपालिका–२० मा रु दुई करोड ३२ लाख ११ हजार लागतमा २५ मिटर स्पान र कल्भर्ट सहितको पुल गत गजेन्द्र/सिम्रन जेभीले निर्माण गरेको हो । पुल निर्माण कार्य गत वर्ष असार १२ गतेदेखि शुरु भएको थियो ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा नं १ र २ जोड्ने गरी सेती नदीमा निर्माण शुरु गरिएको सेती नदी खारपानी पुलसमेत गत आवमा सम्पन्न भएको छ । विसं २०७२ चैतमा तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रक्रिया शुरु गरिएकामा गण्डकी प्रदेश सरकार स्थापनाको एक वर्षपछि पुल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

लामो समय काम ठप्प रहेको पुल प्रदेश सरकारलाई हस्तान्तरणपछि कामले गति लिएको हो । रु चार करोड १२ लाख लागतमा ५८ मिटर लामो पुल निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवाले कामको जिम्मा लिएको थियो ।

मादी गाउँपालिकामा निर्माण गरिएको मादी नदी (ज्याम्दु)पुल समेत प्रदेश सरकारकालाई हस्तान्तरणपछि कामले तीव्रता पाएको हो । काममा ढिलाइ हुँदा एकपटक बाढीले समेत सो पुल बगाएको थियो । रु आठ करोड लागतमा ८० मिटर लामो पुल निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवाले नै लिएको थियो । सो पुलसमेत गत आवमा निर्माण सम्पन्न भएको हो ।

डिभिजनल इन्जिनीयर खड्काले गत आवमा सम्पन्न हुनुपर्ने चारवटा पुल भने बन्दाबन्दीले प्रभावित बनेका बताए । “हामीले गत वर्ष सम्पन्न गरेका १० पुलमध्ये दुईवटा हस्तान्तरण भएर आएकाबाहेक आठवटा पुल प्रदेश सरकारले प्रक्रिया शुरु गरेर आफैँले सम्पन्न गरेका हुन्”, प्रमुख खड्काले भने, “जसरी मन्त्री, माननीय तथा मन्त्रालयको टिम र स्थानीय सरकार, प्राविधिक र निर्माण व्यवसायीको समन्वयले पूर्वाधार निर्माणका काम छिटो भयो, टिमवर्कबाट सफलता मिल्दो रहेछ ।” गत वर्ष शुरु गरिएका चारवटा पुल भने लकडाउनका कारण प्रभावित बनेको बताइन्छ ।

प्रदेश सरकार स्थापनापछि मात्र प्रदेशका दुई जिल्लामा १७ पुल निर्माण गरिएको पूर्वाधार कार्यालयले जनाएको छ । आव ०७५/७६ मा सात र गत वर्ष १० वटा निर्माण सम्पन्न गरिएको कार्यालयका इन्जिनीयर सुमन गिरीले जानकारी दिए । उनका अनुसार चालू आवमा समेत १० वटा पुल आवश्यक प्रक्रिया सम्पन्न गरी निर्माणको चरणमा रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १ : २० बजे

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै