पहिरोमा पुरिएर एक बालक बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर एक बालक बेपत्ता


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोट भेरी नगरपालिका-७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका छन । अर्का बालक घाइते भएका छन् ।

घर नजिकैको पाखोमा बाख्रा चराउन गएका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका हुन ।

बाख्रा गोठालो गएका धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुरलाई एक्कासी आएको सुख्खा पहिरोले पुरेर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर गम्भीर घाइते भएका छन्।

हात र टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १ : २२ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा