मकवानपुरका २१९ घरेलु उद्योग बन्द « Khabarhub

मकवानपुरका २१९ घरेलु उद्योग बन्द


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ ।

हाल मकवानपुरमा खारेज गरिएका बाहेक आठ हजार ७५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ उद्योग नवीकरण भएका छन् ।

त्यस्तै २१३ वटा उद्योग फर्मको नामसारी भएको छ । अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने सङ्ख्या घटेको छ ।

कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा एक हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त सङ्ख्या घटेर एक हजार २६४ वटा मात्र दर्ता भएको बताइएको छ ।

कोरोना भाइरसका कारण यस वर्ष २०७६/७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रु पाँच लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता सङ्ख्या घटेको बताइएको छ ।

लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ ।

प्राप्त विवरणअनुसार अघिल्लो आवमा रु एक करोड ७४ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रु दुई करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व सङ्कलन बढी भएको थियो । गत वर्ष विशेष छुट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छुट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो ।

गत वर्ष दर्तामध्ये ६४३ महिला र ९०८ पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ महिलाले र ३०० पुरुषले रोजगारी पाएको छ । कच्चा पदार्थको अभाव, उत्पादित सामान बिक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गरे ।

राष्ट्रिय तथ्याङ्क विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  २ : ५४ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल