रोकिएन भारतीय सीमानाबाट भित्रिने क्रम « Khabarhub

रोकिएन भारतीय सीमानाबाट भित्रिने क्रम


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ ।

कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले भन्सार नाकाबाट हालसम्म जम्मा एक लाख बढी नेपाली स्वदेश भित्रिएको बताए ।

“बन्दाबन्दीको शुरुका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा छ”, उनले भने, “आजभोलि दिनमा एक सयदेखि दुई/तीन सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।”

शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म नेपाली भित्रिएको तथ्यांक छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ ।

आफैँ काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिइ हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्नेबाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए।

अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४२ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको