पर्सामा कोरोले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण | Khabarhub Khabarhub

पर्सामा कोरोले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न खटिएको प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएको जनाइएको छ । शव व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले विरोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको जनाइएको छ ।

स्थिति सामान्य अवस्थामा ल्याउन प्रहरीले पनि दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ५६ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो