पर्सामा कोरोले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण « Khabarhub

पर्सामा कोरोले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न खटिएको प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएको जनाइएको छ । शव व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले विरोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको जनाइएको छ ।

स्थिति सामान्य अवस्थामा ल्याउन प्रहरीले पनि दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ५६ बजे

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई

लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१

मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज