बहसले पार्टीलाई सुदृढ गर्छ : अध्यक्ष दाहाल « Khabarhub

बहसले पार्टीलाई सुदृढ गर्छ : अध्यक्ष दाहाल


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, “आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ । जन चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्छ ।”

तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीमा बहस र विवाद हुनु सामान्य भएको बताए ।

विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र र त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन उनले आग्रह गरे ।

अध्यक्ष दाहालले भने, “पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।”

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वभाविक भएको बताए ।

राजनीतिक अस्थिरता र एकताका निम्ति आफूले पद त्याग गर्दै आएको समेत स्मरण गर्दै उनले भने, “मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेको छु ।”

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गर्ने दाबी गर्दै उनले पार्टीभित्रको बहसलाई छोपछाप गर्न नहुनेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले भने, “अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्ति परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लोस्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।”

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : १२ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य