बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ « Khabarhub

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले पार्टीले सो रकम हस्तान्तरण गरेको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार मंगलबार पार्टीका महासचिवद्वय प्रकाश अधिकारी र डा. सुरेन्द्र कुमार झा (विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक) एवं पार्टी सचिव शैलेन्द्र प्रसाद साह सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी उक्त रकमको चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधिमण्डलका सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरीको पनि उपस्थिति थियो ।

विपद्को यस घडीमा प्रभावित नागरिकहरूको साथमा रहनु र सरकारको उद्धार तथा राहत कार्यलाई समर्थन गर्नु सबैको साझा दायित्व भएको जसपाले जनाएको छ ।

यसका साथै, पार्टीले देश-विदेशका नेपाली र दाता निकायहरूलाई पनि यस मानवीय अभियानमा सहभागी हुन पनि भनेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : १४ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको