कोशीमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते « Khabarhub

कोशीमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा आज डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : २७ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर