कोशीमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते « Khabarhub

कोशीमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा आज डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : २७ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक