कोरोनाविरूद्धको खोप अनुमतिमा नहतारिऔँ : डब्ल्युएचओ | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप अनुमतिमा नहतारिऔँ : डब्ल्युएचओ


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।

डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको बताए।

परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।

हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्ल्युएचओले जनाएको छ।

संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ । संक्रमण नघट्दै मानिसहरू भेला भए अवस्था भयावह हुने भएकाले सचेत रहन उसले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : २५ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन