कोरोनाविरूद्धको खोप अनुमतिमा नहतारिऔँ : डब्ल्युएचओ « Khabarhub

कोरोनाविरूद्धको खोप अनुमतिमा नहतारिऔँ : डब्ल्युएचओ


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।

डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको बताए।

परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।

हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्ल्युएचओले जनाएको छ।

संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ । संक्रमण नघट्दै मानिसहरू भेला भए अवस्था भयावह हुने भएकाले सचेत रहन उसले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : २५ बजे

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र