विश्वमा एकैदिन २ लाख ४४ हजारलाई कोरोना संक्रमण, ४२ सय बढीको मृत्यु « Khabarhub

विश्वमा एकैदिन २ लाख ४४ हजारलाई कोरोना संक्रमण, ४२ सय बढीको मृत्यु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३२ हजार २०३ पुगेको छ ।

संक्रमितमध्ये ६९.९७ प्रतिशत अर्थात १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार २२१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ६८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ७३५ जनाको मृत्यु भएको छ । ३५ लाख ८१ हजार ९७० जना संक्रमित भएकोमा २० लाख ७३ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७१ हजार ३८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ५९ हजार ३५३ पुगेको छ । त्यसमध्ये ४२ लाख ४१ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४२ हजार ४८२ जनाको मृत्यु भएको छ । ७० लाख ८६ हजार ४२२ जना संक्रमित भएकोमा ५६ लाख ८४ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २ हजार ५१८ जनाको मृत्यु भएको छ । ६३ लाख १७ हजार ७५५ जना संक्रमित भएकोमा ४९ लाख २६ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ८८२ जनाको ज्यान गएको छ भने १२ लाख ५७ हजार ३१६ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ८७ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६६६ जना संक्रमित भएकोमा २३ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ५२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी