प्रदेश १ मा भारी वर्षा, अन्यत्र पनि मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान « Khabarhub

प्रदेश १ मा भारी वर्षा, अन्यत्र पनि मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर १ का ४ जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान ४ बजे जारी गरेको सूचनामा इलाम, झापा, सुनसरी, मोरङ जिल्लामा ६ घण्टा भारी वर्षा भएको छ।
भारी वर्षासँगै मेची, निन्दा, बिरिङ, मावा, नुना, बुढीखोला तथा कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य स-साना खोलामा आकस्मिक बाढी आउने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

यस्तै, गएराति कास्कीको पोखरा एयरपोर्ट आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले भने आज देशका अन्य प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ४० बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्