कतारबाट दुई उडानमा नेपाल फर्किए २९७ जना नेपाली « Khabarhub

कतारबाट दुई उडानमा नेपाल फर्किए २९७ जना नेपाली



दोहा : कोरोना भाइरसको महामारी लगायतका कारणले कतारमा अप्ठ्यारोमा परेका २९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडान तथा हिमालय एयरलाइन्सको ९५६३२ गरी दुई उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रब्रीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका नेपालीहरूमा कोभिड -१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि स्वदेश फर्किएको भट्टराईले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी तथा नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको छ ।

कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा धेरै छ । सरकारले पाचौँ चरणको उद्धार उडान शुरू गरेसँगै विदेशमा रहेका नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन् ।

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ०३ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल