‘होम डेलिभरी’ सेवा पुनः सुरु « Khabarhub

‘होम डेलिभरी’ सेवा पुनः सुरु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीको धरपकडले बन्द भएको अनलाईन डेलिभरी सेवा फेरि सुरु भएको छ ।

पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनःसुरु भएको हो ।

ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक नरहेकाले मंगलबारदेखि अनलाईन डेलिभरी सेवा पुन: सुरु गर्ने जनाएको छ।

‘त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई निरन्तरता दिइने फोरमले जनाएको छ।

फोरमले होम डेलिभरी गर्ने प्रकृयामा अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य नगर्न इकमर्श व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ४५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी