६३ वर्षीय कपूर झन तन्नेरी हुनुको राज (भिडियो) « Khabarhub

६३ वर्षीय कपूर झन तन्नेरी हुनुको राज (भिडियो)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता अनिल कपूरलाई फिटनेस आइकन मानिन्छ । ६३ वर्षीय अनिलका अगाडी बलिउडका नयाँ अभिनेता पछि पर्दछन् ।

अनिल कपूरको जस्तो सुगठित शरीर बनाउन हर कोहीले सक्दैनन् । अझ उनको उमेरका कतिपय अभिनेता बलिउडबाट अलप भइसके । तर अनिल भने अझै बलिउडमा सक्रिय छन् । उनको अभिनय यात्रालाई सहज बनाउन उनको फिटनेसले भूमिका खेलेको छ ।

अनिल अझैपनि आफ्नो शारीरिक फिटनेसमा ध्यान दिन्छन् । यसैबीच हालैमा अनिल कपूरले वर्कआउट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनले आफ्नो ट्विटर अकाउन्टमा लेग वर्कआउट शीर्षकमा एक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा उनको फिटनेस देखेर फ्यानहरु छक्क परेका छन् ।

भारतमा जारी लकडाउनमा पनि अनिल कपूरले आफ्नो फिटनेसमा ध्यान दिएका छन् । हाल उनी कार्तिक आर्यन, कियारा आडवाणी र तब्बूका साथ अनीस बज्मीको फिल्म भूल भुलैया २ कालागी काम गरिरहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ११ : ३३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको