चितवनको भारतीय सीमा क्षेत्रमा सशस्त्रका तीन बीओपी थपिँदै « Khabarhub

चितवनको भारतीय सीमा क्षेत्रमा सशस्त्रका तीन बीओपी थपिँदै


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिने भएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा बीओपी थप गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको बताए ।

अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताए ।

एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उनले जानकारी दिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १२ : ५४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने