चितवनको भारतीय सीमा क्षेत्रमा सशस्त्रका तीन बीओपी थपिँदै « Khabarhub

चितवनको भारतीय सीमा क्षेत्रमा सशस्त्रका तीन बीओपी थपिँदै


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिने भएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा बीओपी थप गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको बताए ।

अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताए ।

एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उनले जानकारी दिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ५४ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम