सोह्र श्राद्ध : कुन तिथि कतिखेर « Khabarhub

सोह्र श्राद्ध : कुन तिथि कतिखेर


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ ।

बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १:१७ बजेदेखि ३:४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

भदौ १८ गते बिहीबार द्धितीया तिथि श्राद्ध दिउँसो १:१७ देखि ३:४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १:१७ देखि ३:४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ । चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १:१६ देखि ३:४६ सम्म गर्नुपर्नेछ ।

पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १:१६ देखि ३:४६ सम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १:१५ देखि ३:४५ सम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १:१५ देखि ३:४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १:१४ देखि ३:४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।

नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १:१३ देखि ३:४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १:१३ देखि ३:४१ सम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध भदौ २८ गते आइतबार १:१२ देखि ३:४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १:१२ देखि ३:४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मङ्गलबार १:११ देखि ३:३८ सम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध भदौ ३१ गते बुधबार पनि १:११ देखि ३:३८ सम्ममा गरिसक्नुपर्नेछ । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १:१० देखि ३:३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्र श्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सूचनासमेत जारी गरेका छन् ।

कुनै कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्षअर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्तिअर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  २ : ०५ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री