ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण « Khabarhub

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गरेका छन्।

उनले विपक्षी डेमोक्रेटिक पार्टीलाई चुनावी सफलताका लागि बधाई दिँदै हारको व्यक्तिगत जिम्मेवारी भने लिन अस्वीकार गरेका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताए। यद्यपि, उनले निर्वाचन परिणामलाई आफ्नो व्यक्तिगत पराजयका रूपमा नलिएको उल्लेख गर्दै रिपब्लिकन उम्मेदवारहरूको कमजोरीलाई हारको प्रमुख कारणका रूपमा प्रस्तुत गरे।

इरान युद्ध र त्यसका कारण बढेको तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै ट्रम्पले युद्ध पनि निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताए। तर इरानप्रति आफूले अपनाएको नीतिको महत्त्व मतदाताले बुझेको उनको दाबी थियो।

ट्रम्पले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न आफू तयार रहेको बताएका  छन्। यद्यपि, आफूलाई स्वीकार्य नहुने विधेयक पारित भए राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिए ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो मतान्तरले जित्ने दाबी गरे । त्यस्तै, टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उनी नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गरेका छन्।

ह्वाइट हाउसका एक अधिकारीले पनि रिपब्लिकन उम्मेदवारहरूको गुणस्तर निर्वाचन परिणाम प्रभावित पार्ने महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

कङ्ग्रेसका प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि ट्रम्पको कार्यकालका अन्तिम दुई वर्ष चुनौतीपूर्ण हुने देखिएको छ। डेमोक्रेटहरूले प्रशासनका नीति तथा गतिविधिमाथि छानबिन र संसदीय निगरानी बढाउन सक्नेछन्।

यसैबीच, ह्वाइट हाउसले इरानविरुद्धको सैन्य कारबाही पुनः विस्तार हुन सक्ने सम्भावनालाई अस्वीकार गरेको छैन।

निर्वाचन परिणामपछि राजनीतिक विरोधीहरूविरुद्ध आफ्नो अडान थप कडा बनाउने ट्रम्पको सङ्केतले आगामी दिनमा अमेरिकी राजनीतिमा थप टकराव हुन सक्ने देखिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १ : ०७ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

तेहरान– इरानले हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका

नसर्ने रोग नियन्त्रणका लागि रोकथाम र जनचेतनामा जोड

काठमाडौँ – सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा

अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत

वासिङ्टन– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा