‘विश्व भर्चुअल तेक्वान्दो महोत्सव’ मा अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकमा छनोट « Khabarhub

‘विश्व भर्चुअल तेक्वान्दो महोत्सव’ मा अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकमा छनोट


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट भएका छन् ।

युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिएका हुन् ।

विश्वभरबाट पाँच जना छनोट गरिएकामा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् ।

छनोट हुने अन्य निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको निर्णायक खड्काले जानकारी दिए ।

यसअघि पनि अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । निर्णायकको भूमिका निर्वाह गरेवापत उहाँले दैनिक एक सय अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ६ : ४५ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को