नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर, पहिलो चरणमा ५ सय कामदार लैजाने « Khabarhub

नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर, पहिलो चरणमा ५ सय कामदार लैजाने



दोहा – नेपाल र इजरायलबीच श्रमिक लैजाने र इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था माशाभको तत्वावधानमा इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने सक्ने दूतावासले जनाएको छ ।

यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।

यसले केयरगिभर, कृषि क्षेत्र, होटल रेष्टुरेष्ट, निर्माण क्षेत्र लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने आशा गरिएको छ । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने दूतावासले जनाएको छ ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुने जनाएको छ ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु इजरायल जाने छन् ।

यसरी छानिने श्रमिकहरु सरकारी तबरबाट मात्रै छानिने छन् । कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि यसका लागि आवश्यक योग्यता, प्रमाणपत्रहरु तथा आवेदन दिने ठाउँसमेतको विस्तृत विवरण समेत राखी अर्को सूचना प्रकाशन गरिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : २८ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले