एकैदिन थपिए ३ लाख १२ हजार बढी संक्रमित « Khabarhub

एकैदिन थपिए ३ लाख १२ हजार बढी संक्रमित


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ ।

बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो ।

त्यस्तै बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको छ ।

विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।

वल्डो मिटर्सलेको तथ्यांक अनुसार बिहीबार विहान यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै संक्रमण अमेरिकामा छन् । अमेरिकामा २४ घण्टामा ४० हजार ९२० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७४ लाख ४७ हजार २७३ छ । २ लाख ११ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा एकैदिन ८६ हजार ७४८ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १० हजार २६७ छ । ९८ हजार ७०८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : २९ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को