कतारमा अब कम्पनी परिवर्तन गर्दा 'एनओसी' नचाहिने, यस्तो छ नयाँ व्यवस्था | Khabarhub Khabarhub

कतारमा अब कम्पनी परिवर्तन गर्दा ‘एनओसी’ नचाहिने, यस्तो छ नयाँ व्यवस्था



दोहा – कतार सरकारले श्रम कानूनमा संशोधन गरी रोजगारदाता कम्पनी परिवर्तन गर्दा कामदारले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार कम्पनी परिवर्तन गर्दा त्यसको जानकारी त्यहाँको सरकारलाई भने दिनुपर्नेछ । दुई वर्षभन्दा बढी अवधि कम्पनीमा काम गरिरहेको भए दुई महिनाको अग्रीम सूचना दिनुपर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई वर्षभन्दा कम अवधि काम गरिरहेको भए एक महिनाको सूचना दिनुपर्ने र रोजगारदातासँग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिनअघि सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

यसैगरि करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा पाँच वर्षपछि मात्र सूचना दिन सकिने र पाँच वर्षपछि सूचना दिँदा ६० दिनको सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सूचना सँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागीर दिन्छु भन्ने पत्र(जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नुपर्ने दूतावासले जनाएको छ ।

रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली लिंकमा गएर दिनुपर्ने व्यवस्था छ ।

कतारको नयाँ आइ डी बनाउन कतारको आन्तरिक मन्त्रालय वाट प्रमाणीकरण हुनु पर्ने जनाएको छ । त्यसपछि नयाँ रोजगारदाता कम्पनीले कतारी आइ डी र हेल्थ कार्ड बनाइदिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : १२ बजे

शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो

अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा

अखिल क्रन्तिकारीको २३ औं नेतृत्व छनोटका लागि मतदान (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग