सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस् « Khabarhub

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले गर्व र अपनत्व महसुस गर्नेगरि काम गर्न सरकारलाई सुझाव दिएकी छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले जनताले ठूलो विश्वास देखाएर रास्वपालाई मत दिएको उल्लेख गर्दै, नागरिकले ‘सरकार हाम्रो हो’ भनी गर्वका साथ भन्न सक्ने वातावरण बनाउनुपर्ने बताइन्।

उनले हाल नेपालको राजनीतिक अवस्था अस्थिर भएको भए पनि, भागबन्डा नभई स्पष्ट परिणाम दिने काममा जोड दिनुपर्नेमा जोड दिइन्। विपद्का बेला पनि राज्यले नागरिकसँग दूरी राख्ने नभई हात थाम्ने सहारा बन्नुपर्ने उनको भनाइ थियो।

सांसद अधिकारीले उद्यमशीलता प्रवर्द्धन गर्ने, सुरक्षित र आशावादी वातावरण सुनिश्चित गर्ने र सरकारी सेवाबाट हरेक नागरिकले निराशा नभई सन्तुष्टि र आत्मसम्मान अनुभव गर्ने व्यवस्था हुनुपर्ने बताए।

त्यसैगरी, उनले जेन-जी आन्दोलनको मर्मअनुसार नयाँ सोच, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्वमार्फत देशलाई सही दिशामा लैजानुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ५३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा