नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने पक्राउ « Khabarhub

नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने पक्राउ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको हो ।

९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

एसपी पन्तका अनुसार रायले पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : २७ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा