यसपालीको दशैँमा टीकाको साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा « Khabarhub

यसपालीको दशैँमा टीकाको साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीकालगायतको साइत सार्वजनिक गरेको छ ।

यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्।

समितिका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ बजे शुभ रहेको छ ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११:४६ बजेको साइत निस्किएको समितिले जनाएको छ।

कात्तिक २ गते आइतबार बिहान १०:५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ। विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ। कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ। कात्तिक ७ गते शुक्रबार फूलपाती छ। फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजेको साइत शुभ रहेको समितिले जनाएकोछ ।

साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम छ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ४ : ५७ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट