नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अङ्कले बढेर १७९ दशमलव १०  मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७  दशमलव ४६ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड २९ लाख  पाँच हजार ९४२ कित्ता शेयर रु चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटा उपसमूह बढेका छन् । आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज  कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक, सोलु हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर, प्राइम डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ४ : १९ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको