क्यानले खेलाडी वर्गीकरण हेरफेर गर्ने « Khabarhub

क्यानले खेलाडी वर्गीकरण हेरफेर गर्ने


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण पुन गर्ने बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार विज्ञप्ति जारी गरि खेलाडी वर्गीकरण पुन हेरफेर हुने बताएका छन् ।

क्यानको असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको हो । जसमा राष्टिय टीमका नियमित खेलाडीलाई ए, बी र सी गरि वर्गीकरण गरेको थियो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा खेलाडी वर्गीकरण समिति बनाएर खेलाडीलाई वर्गीकरणका लागि सिफरिस गरेको थियो । अब राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षकसहितका व्यक्तिहरुसँगको छलफलमा नयाँ वर्गीकरण प्रस्ताव ल्याउन समितिलाई निर्देशन दिइएको छ ।

जसमा राष्टिय टोलीका खेलाडीहरु सम्झौताबाट छुटेको भन्दै खेलाडीहरुले क्यानलाई पत्र लेखेपछि क्यान आफ्नो निर्णय पुनर्विचार गर्न तयार भएको हो ।

क्यानले खेलाडीको तलबसमेत बृद्धी गरेको थियो । जसमा पुरुष टोलीका ए, बी र सी श्रेणीका खेलाडीलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार तोकेको थियो । यस्तै, महिला खेलाडीलाई १५ हजार, १२ हजार र १० हजार दिने निर्णय गरेको थियो । क्यानले महिला टोलीको पहिलो पटक केन्द्रीय सम्झौता गरेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ५ : ४० बजे

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा