सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो « Khabarhub

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो


१५ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो ।

गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताइन ।

अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिइन । वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ ।

महाशाखाले जनाएअनुसार आगामी तीन दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३१७ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मात्र २९३ जनाको ज्यान गएको छ । अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २२२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : २५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म