मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली « Khabarhub

मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ प्रम ओलीले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु ।’

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन, सबै पुगेको छ, सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन । यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको दाबी गरे । साथै उनले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ४० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक