बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर-१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लबाट उपचारका लागि गएर मृत्यु हुने संक्रमितको संख्या २० पुगेको श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको