बार्सिलोनाको फेरि खराब प्रदर्शन, आल्भेससँग बराबरी « Khabarhub

बार्सिलोनाको फेरि खराब प्रदर्शन, आल्भेससँग बराबरी


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अझै लय समाउन सकेको छैन ।

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेससंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको छ ।

खराब प्रदर्शनबाट गुज्रिएको बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जितबिहिन छ ।

तालिकाको १५औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए ।

६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर, बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि छ ।

बार्सिलोना ८ अंक सहित १२औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३औं स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०४ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल