तनहुँबाट १६ जुवाडे पक्राउ « Khabarhub

तनहुँबाट १६ जुवाडे पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : १५ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को