पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’ | Khabarhub Khabarhub

पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । उक्त फिल्म युट्युबमा एक च्यानलबाट शनिवार अपलोड गरिएको हो ।

फिल्मलाई आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । साथै चलचित्र डिस होममा पनि रिलिज गरिएको छ ।

युट्युबमा फिल्म पाइरेसी भएपछि निर्माण टिमले कानुनी कारवाही खोज्ने तयारी थालेको छ । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग छ ।

दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । राजनीतिक विषय उठान गरेको फिल्मले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : १७ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो